logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्य

    बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्य

    4.1K
    Shares
    बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्य

    काठमाडौँ । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।
    कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो ।

    ट्रक चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend