logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • १६ वर्ष कैद सजाय पाएका वाइबा २० वर्षपछि पक्राउ

    १६ वर्ष कैद सजाय पाएका वाइबा २० वर्षपछि पक्राउ

    1.3K
    Shares
    १६ वर्ष कैद सजाय पाएका वाइबा २० वर्षपछि पक्राउ

    काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैदा सजाय पाएर विगत २० वर्षदेखि फरार एक जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्दरसरोबर गाउँपालिका–१ नयाँगाउँ निवासी ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबा रहेको प्रहरीले जनाएको छ ।

    काठमाडौँ महानगरपालिका सावि–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गत २०६१ जेठ ३ गते नगद ५० हजार रुपैयाँ लुटपाट गरी कुटपिट गर्दै भिरबाट लडाएर हत्या गरेको कसुरमा मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते वाइबालाई १६ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    अदालतको आदेश लगत्तैबाट फरार वाइबालाई गोप्य सूचनाका आधारमा नयाँगाउँस्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    पक्राउ परेका वाइबालाई भोलि आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइने उनले बताए ।

    धमाधम पक्राउ पर्दै फरार अभियुक्त

    विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार रहेका अभियुक्त ध्माधम पक्राउ पर्न थालेका छन् । अदालतबाट भएका फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी टोली परिचालन गरेपछि धमाधम अभियुक्तहरू पक्राउ पर्न थालेका हुन् ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयले चालु आवको ११ महिनामा कैद तथा जरिवानाको सजाय पाइ फरार एक सय ९७ पुरुष र ४१ महिला गरी दुई ३७ जनालाई पक्राउ गरेको छ ।

    प्रवक्ता भण्डारीका अनुसार पक्राउ परेकाले विभिन्न अदालतबाट एक सय आठ वर्ष चार महिना २९ दिन कैद तथा ३९ लाख ३२ हजार आठ सय २२ रुपैयाँ जरिवानाको सजाय पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend