logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • टी–२० विश्वकप : अफगानिस्तान वेस्ट इन्डिजसँग १ सय ४ रनले पराजित

    टी–२० विश्वकप : अफगानिस्तान वेस्ट इन्डिजसँग १ सय ४ रनले पराजित

    4.3K
    Shares
    टी–२० विश्वकप : अफगानिस्तान वेस्ट इन्डिजसँग १ सय ४ रनले पराजित

    काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा मंगलबार खेलिएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हात पारेको छ ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।

    वेस्ट इन्डिजविरुद्ध ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १६.२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनायो ।

    जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ ।

    अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ ।

    मंगलबार विहान सम्पन्न यो खेलसँगै नवौँ विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ ।

    ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend