logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारी धर्नामा

    ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारी धर्नामा

    585
    Shares
    ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारी धर्नामा

    काठमाडौँ । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै संघीय संसद सचिवालयका कर्मचारीहरु धर्नामा बसेका छन् ।

    आज ११ बुँदे माग राख्दै उनीहरुले संसद परिसरमै धर्ना दिएका हुन् । संसदका कर्मचारीहरु धर्नामा रहेको विषय संसदमा समेत उठेको छ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए ।

    अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए । उनले प्रश्न गरे, ‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’

    नियम अनुसार भत्ता दिन उनको आग्रह छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend