logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • गृहमन्त्री रविको मुद्दा हेर्न नमिल्नेमा

    गृहमन्त्री रविको मुद्दा हेर्न नमिल्नेमा

    1.9K
    Shares
    गृहमन्त्री रविको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ । निलम्बनको माग गर्दै मुद्दापरेको थियो ।

    रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो ।

    रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ ।

    रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ।

    यसअघि रिटमा एकल इजलासले कास्कीको जाहेरी माग गरेको थियो भने संयुक्त इजलासले जेठ २८ गते रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र मगाएको थियो । बहसका क्रममा निवेदकहरूले उनी विरुद्धका सबै विवरण मगाउनुपर्ने भनी कुरा उठाएका थिए ।

    इजलासले निवेदकका कानुन व्यवसायी र सरकारी वकिलको कुरा सुनेपछि रुपन्देहीको अभियोग पत्र माग गरेको थियो ।

    आज हुने सुनुवाइले अन्तरिम आदेश बारे निर्णय गर्ने भनिए पनि पेसी फेरि नयाँ तोकिने भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend