logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • एमाले सांसद पन्तको प्रश्न : मुलुकको आर्थिक अवस्था संसदको अखबार कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो ?

    एमाले सांसद पन्तको प्रश्न : मुलुकको आर्थिक अवस्था संसदको अखबार कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो ?

    559
    Shares
    एमाले सांसद पन्तको प्रश्न : मुलुकको आर्थिक अवस्था संसदको अखबार कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो ?

    काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले संसदमा सांसदहरुका लागि पढ्न राखिने अखबारहरुमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था संसदको अखबार कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भन्दै प्रश्न गरेका छन् ।

    मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् । ‘६, ७ महिना अगाडी जति अखबार सांसदहरुलाई पढ्न भनेर त्यहाँ राखिन्थ्यो, महत्वपूर्ण कतिपय अखबारहरु कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ?’ -उनले भने ‘सांसदहरुलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र ? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरु, भत्ताहरु अहिले कटौती गर्नु भएन । उनीहरुलाई अब त दिन थालियोस् ।’

    उनले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन् ।

    पन्तले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

    सांसद पन्तले संसदलाई सरकारले सहयोग गर्नुपर्ने बताए । उहाँले प्रधानमन्त्री जन्माउने संसदका कर्मचारीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend