logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरकार संवेदनशील भएन : अध्यक्ष सिंह

    निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरकार संवेदनशील भएन : अध्यक्ष सिंह

    507
    Shares
    निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरकार संवेदनशील भएन : अध्यक्ष सिंह

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा निर्माण उद्योग धराशायी भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले निर्माण उद्योग धराशायी हुँदा मुलुकको अर्थतन्त्रलाई समस्या परेको उल्लेख गर्दै निर्माण व्यवसायीका माग सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकार र आगामी आर्थिक वर्षको बजेट संवेदनशील नभएको जिकिर गरे निर्माण व्यवसायीका माग सम्बोधन गर्न राजनीतिक नेतृत्व र राजनीतकि दलहरु संवेदनशील नभएको आरोप लगाए ।

    उनले भने, ‘अहिले पनि १३ औं संशोधन आएको छ । र १३ औं संशोधनबाट २ हजार भन्दा बढी योजनाहरुको म्याद थप भइरहेको छ । हामीले निरन्तर रुपमा सम्माननीय प्रधानमन्त्रीज्युलाई, मान्य उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीज्युलाई, अर्थमन्त्रीज्युलाई, विकासे मन्त्रालयका मन्त्रीज्युहरुलाई, मुख्य सचिवज्युलाई, सम्पूर्ण सचिवज्युहरुलाई सबैलाई हामीले निरन्तर रुपमा हामीले, निजी क्षेत्रहरुलाई हरेक क्षेत्रमा नेपालमा निर्माण उद्योग धराशायी भइरहेको छ र निर्माण उद्योग धराशायी हुँदा मुलुकको अर्थतन्त्रलाई समस्याहरु परेको छ ।

    त्यसलाई सम्बोधन गर्ने काममा सरकार संवेदनशील भएन । यो बजेट संवेदनशील भएन । राजनीतिक नेतृत्व र राजनीतकि पार्टीहरु संवेदनशील भएनन् । र त्यसको असर निर्माण उद्योगलाई मात्र नभइ सम्पूर्ण अर्थतन्त्रको चक्रलाई भइरहेको छ । अर्थतन्त्र संकुचनमा छ । उद्योग आफ्नो क्षमताको एक तिहाईमा सञ्चालन भइरहेको छ । यो कुरा सबैले स्वीकार गर्नुहुन्छ तर यसलाई सम्बोधन गर्ने कुरामा राजनीतिक नेतृत्व अहिले पनि चुकेको छ । बजेट पनि चुकेको छ । यो बजेटले हामीले खबरदारी गर्दा पनि ति समस्यालाई सम्बोधन गरेन । थप भार यो बजेटले थपेको छ ।’

    अध्यक्ष सिंहले अर्थ मन्त्रालय र विकासे मन्त्रालयले निकालेको योजनामा धेरै नै भिन्नता पाएको भन्दै त्यसलाई सच्याउन आग्रह गरे । उनले अहिले पनि सरकारले गम्भीर भएर निर्माण व्यवसायीका समस्या समाधान नगर्ने हो भने मुलुकको अर्थतन्त्र थप धराशायी हुने जिकिर गरे । सरकारले भुक्तानी गर्न नसक्ने योजनाहरु भए कटौति गर्नेतिर लैजान आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend