logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • संसद सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ

    संसद सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ

    507
    Shares
    संसद सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ

    काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरुले संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै बिरोध गरेका छन् । संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् ।

    कर्मचारीहरुले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर बिरोध जनाएका थिए । उनीहरुले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु थप गर्न माग गर्दै उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

    संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधानको सुनिश्चितता हुनुपर्ने माग गरे । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

    संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित आन्दोलनमा छन् । सभाम्ुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुले सोमवार कर्मचारीहरुसँग छलफल गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend