logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउदै पशुपति विकास कोष

    तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउदै पशुपति विकास कोष

    611
    Shares
    तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउदै पशुपति विकास कोष

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने भएको छ ।

    तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएर पनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले १५ दिने सूचना जारी गरेको छ ।

    काठमाडौँ महानगरपालिका–८ तिलगंगा (बी १३) आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना भत्काई लैजान सूचना प्रकासित गरिएको विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

    उनका अनुसार तोकिएको अवधिभित्र ती संरचना नहटाए कानुनअनुसार कोष आफैँले हटाई खाली गराउने सूचनामा उल्लेख छ । पशुपति क्षेत्र विकास कोषको स्वीकृत गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना स्थायी रुपले अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

    निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले जनाएको छ । अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन यसअघि २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले पुनः १५ दिने सूचना निकालेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend