logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • सरकार पूर्णतः असफल भइसक्यो, राजीनामा गर्नुस् : सांसद कार्की

    सरकार पूर्णतः असफल भइसक्यो, राजीनामा गर्नुस् : सांसद कार्की

    572
    Shares
    सरकार पूर्णतः असफल भइसक्यो, राजीनामा गर्नुस् : सांसद कार्की

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएकी छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताएकी हुन् ।

    उनले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताइन् । उनले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचरहरु किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुलाई भत्ता दिनुपर्ने बताइन् ।

    उनले भनिन्– ‘परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचरहरु आदि किन्नुमा जाने रहेछ । यसमा कटौती गरियोस् । यसको रकम संसद सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ । उहाँहरुलाई दिइयोस् भनेर प्रश्ताव राख्न चाहन्छु । रसियामा २५ जना मरिसके । परिवारले दुःख पाएका छन् । नेपाली युवाहरु कतिजना मरेपछि मात्र कुटनीतिक पहल गरेर रसियामा गएका सैनिकहरुलाई फिर्ता गर्न सकिन्छ ? यो मेरो प्रश्न छ । पाँच जना बन्धक छन् ।

    तिनलाई छुटाउन के कुटनीतिक पहल गर्नुभयो ? रसियाले टेरेन भने परराष्ट्र मन्त्रालय कुटनीतिक पहलमा असफल भएको होइन र ? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीले भेटेको जुन दृश्य देखियो । त्यो दृश्य कुटनीतिक आचारसंहितामा पर्छ कि पर्दैन ? मलाई त लाज लाग्यो । त्यो देखेर नेपालीको शीर निहुरिएको छ । चाँडोभन्दा चाँडो कुटनीतिक पहल गर्नुस्, बन्धक बनाएका युवाहरुलाई छुटाउने प्रयास गर्नुस् । गृहमन्त्रीसँग अनुरोध, बस्तीहरुलाई राम्रो ठाउँमा ल्याउँ । के यो सरकार फेल भएको हो ? सत्तापक्ष पनि विरोधी, विपक्ष हुने भैहाल्यो । सरकार असफल भएको हो ? नैतिकताको दृष्टिले सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? यो सरकार पूर्णतः फेल भइसकेको छ । राजीनामा गर्नुस् ।’

    उनले रसियामा बन्धक नेपालीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend