logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • एनसेलद्धारा ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालन

    एनसेलद्धारा ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालन

    715
    Shares
    एनसेलद्धारा ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालन

    काठमाडौँ । एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको ईच्छालाई परिपुर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याइएको जनाएको छ ।

    उक्त योजना अन्तरगत ग्राहकलाई मनपर्ने कुनै एक नम्बर ग्राहकको आफ्नै मोबाइल नम्बर बनाउन मिल्ने भएको छ । उक्त विशेष नम्बरले दूरसञ्चार सेवामा पहुँचमात्र नभई ग्राहको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्ने जनाइएको छ ।

    जन्म मिति, वैवाहिक वर्षगाँठ दिन वा अन्य कुनै विशेष नम्बरसँग मिलाउन सकिने तथा ९ लाख बढि नम्बरहरुबाट मोबाइल नम्बर छान्न पाइने भएको एनसेलले जनाएको छ । अब ग्राहकले आफुलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्ने भएका छन् ।

    ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा आएसँगै ग्राहकको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन होस्, ग्राहकको सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैं अन रहन सकिने भएको छ ।

    आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै एनसेलका ग्राहकले आफ्ना प्रियजनहरुलाई पनि त्यस्ता विशेष नम्बरहरु उपहार दिन सक्ने बताइएको छ । उदाहरणका लागि, श्रीमानले अन्तिमको ६ अंक (९४०) भएको नम्बर लिन सक्छन् भने श्रीमतिले पनि मिल्दोजुल्दो अनुसारकै (९४१) नम्बर लिन सकिने भएको छ ।

    उक्त योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुने एनसेलले जनाएको छ । विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरुले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने जनाएको छ । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्ने बताइएको ।

    हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता रहेको छ । “मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ,” एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौँ ।

    ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।” यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरु उपलब्ध रहेका जनाइएको छ ।

    एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्ने भएको छ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ देखि १ हजार ४९९ रुपैयाँ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने जनाएको छ ।

    सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरुले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँने छन् । ८१२३३ डायल गरेर ‘सधैं अन’ प्लानहरु सुचारु गर्न सकिने एनसेलले जनाएको छ । बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरु मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्ने जनाइएको छ ।

    काठमाडौँ उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिने भएको छ । बुकिङ् गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्ने र सो नम्बर अरु ग्राहकले पनि लिन सक्ने बताइएको छ ।

    एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना अन्तर्गत ग्राहकहरुले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात नम्बर सधैं आफ्नो साथ बोक्ने भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend