logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन

    रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन

    1.2K
    Shares
    रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन् । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेको बताइन् ।

    उनले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनि प्रश्न गरिन् । उनले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन् । उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि बताइन् ।

    उनले भनिन्– ‘आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्रीज्युहरु मन्त्री बन्नुभएको हो ? के यसले देशको विकास हुन्छ ? कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन । मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? होइन । पीडा छ । यो चाहीँ नगरौँ । संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो । यो के राम्रो हो ? यो राम्रो होइन । तर उहाँको पीडा छ च्यात्नुहुन्छ । च्यातेको म समर्थन गर्छु । किनभने यो च्यात्नुपर्छ । तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो ।’

    उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताइन् ।

    याे पनि : 

    राप्रपा अध्यक्ष लिङदेनले रोष्टममै च्याते बजेट पुस्तिका

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend