logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • नेप्से १८.७६ अकंले घट्याे, ४ अर्ब ५ करोड बढीकाे काराेबार

    नेप्से १८.७६ अकंले घट्याे, ४ अर्ब ५ करोड बढीकाे काराेबार

    598
    Shares
    नेप्से १८.७६ अकंले घट्याे, ४ अर्ब ५ करोड बढीकाे काराेबार

    काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ ।

    आज ४० वठा कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

    मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    यसदिन बरुण हाइड्रोपावरको ११ करोड ३७ लाख रुपैयाँ, सिइडिबि हाइड्रोपावरको ११ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

    आज समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोपावर लगानीकर्ताले ७ प्रतिशत र विन नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

    आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend