logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ : सांसद पन्त

    राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ : सांसद पन्त

    598
    Shares
    राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ : सांसद पन्त

    काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाउनुपर्ने बताएका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताएका हुन् ।

    उनले प्रधानमन्त्रीको मातहतमा प्रति गुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताए । उनले नेपाली भुमीभित्र नेपालको विरुद्धमा हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताए । उहाँले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताए । बैठकमा बोल्दै सांसद पन्तले पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा राजदुतावासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    उनले भने– ‘कहाँ राजदुतावास थप्ने ? र कहाँ राजदुतावास निरन्तरता दिने भन्ने कुरालाई त्यसको औचित्यको आधारमा, भुमिकाको आधारमा, तिनिहरुले दिएको रिटर्नका आधारमा हामीले मुल्याङ्कन गर्नुपर्छ । हामीजस्तो गरिब देशले अनन्त देशमा खोल्न सक्दैनौँ । हामीसँग सम्बन्ध राखेका धेरै देशहरुले पनि नेपालमा राजदुतावास खोलेका छैनन् । धेरैले दिल्लीस्थित राजदुतावासमार्फत् नेपाललाई हेर्ने गरेका छन् । हामीले पनि हाम्रा राजदुतावासहरुको औचित्य, आवश्यकता र उनीहरुले दिएको रिटर्नका आधारमा राजदुतावासहरुको मूल्याङ्कन गर्न थाल्नुपर्दछ ।

    यो आवश्यकता पनि छ । नेपालको सम्भावना भएको क्षेत्र पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा हाम्रो राजदुतावासलाई प्रभावकारी बनाउनुप¥यो । राष्ट्रिय अनुसन्धानलाई गृह मातहतमा ल्याउनुपर्छ । गृहसँग भएन भने लङ्गडो हुन्छ । हाम्रो राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र चाहियो । सानै लेभलमा भएपनि बनाऔँ, आँट गरौँ ।

    प्रधानमन्त्रीको मातहतमा बनाऔँ । हाम्रो देशको विरुद्ध यो भुमिभित्र कस्ता–कस्ता षड्यन्त्र भइरहेका छन् र तिनीहरुलाई कसरी काउन्टर गर्ने भन्ने कुरा एउटा स्वतन्त्र देशले सोच्नुपर्दैन ? सोच्नुपर्छ । प्रधानमन्त्रीज्युले सोच्नुस् । आँट गर्नुस् । यो विषयलाई गम्भीरतापूर्वक लिनुस् । राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयमा पठाइदिउँ । र प्रति गुप्तचरी संस्थालाई प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा राखौँ ।’

    उनले भारत, चीन र अमेरिकामा क्षमतावान व्यक्तिहरुलाई राजदुत बनाएर पठाउनुपर्ने बताए । त्यस्तै जापान र दक्षिण कोरियामा प्राविधिक विषय जानेको व्यक्तिलाई राजदुत बनाउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend