logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन : प्रभु साह

    प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन : प्रभु साह

    1K
    Shares
    प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन : प्रभु साह

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो टिप्पणी गरेका हुन् ।

    अध्यक्ष साहले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको जिकिर पनि गरे । प्रधानमन्त्रीले संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन भन्ने गरेपनि त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताए । अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम गर्न नहुने बताए ।

    उनले भने, ‘हामीले हरिराखेको छौं–यो बजेट पहुँचवालाको भएको छ । यो नेपाली जनताको राजश्व होइन ? जनताले तिरेको कर होइन ? हो भने देशभरी जानु पर्दैन ? पहुँचवाला नेता र उसको आसेपासे कार्यकर्ता र मन्त्रीहरुको निजी पैसा जस्तो हुने, सीमित ठाउँमा हुने, कुनै ठाउँ पूरै खाली हुने जो स्थिति छ । त्यसको अन्त्य हुन्छ कि हुँदैन ? भन्ने प्रश्न खासगरी प्रधानमन्त्रीज्यूलाई गर्न चाहन्छु । प्रधानमन्त्रीबाट उसको जवाफ चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नु भएको थियो–हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं । अव संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन ।

    सोध्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाई कुन मोरलले त्यहाँ बस्नु हुन्छ ? यदि चलेको हो भने कसरी तपाईको कुराको उल्लंघन भयो भनेर जान्नु ? सोध्न चाहन्छु । यदि कुनै मन्त्रीले तपाईले भनेको कुरा मानेनन भने उसलाई बर्खास्त गर्ने हैसियत राख्नुस । यदि आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाई मोरल्ली त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन । त्यस अर्थ पनि विश्वासको ठूलो खडेरी छ । नेपाली जनतामा विश्वास उठाउन जरुरी छ ।’

    अध्यक्ष साहले नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको उल्लख गर्दै त्यसलाई चिर्ने गरी काम गर्न पनि सरकारलाई दबाब दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend