logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अर्थमन्त्री पुनको बदमासी : कार्यकर्तालाई बाँड्न टुक्रे आयोजनामा ५५ अर्ब बजेट

    अर्थमन्त्री पुनको बदमासी : कार्यकर्तालाई बाँड्न टुक्रे आयोजनामा ५५ अर्ब बजेट

    938
    Shares
    अर्थमन्त्री पुनको बदमासी : कार्यकर्तालाई बाँड्न टुक्रे आयोजनामा ५५ अर्ब बजेट

    काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा समावेश गरेको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।

    उनले सरकारले सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा चार मन्त्रालयमा मात्रै ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राखेको बताए । उनले ५५ अर्बको सबै बजेट उपभोक्ताको नाममा बजेट राख्ने पार्टीका कार्यकर्ताले खर्च गर्ने दाबी गरे । उनले ५५ अर्ब राज्यको रकम पार्टीका कार्यकर्तामार्फत अधिकांश रकम दुरुपयाग हुने बताए । उनले सरकारले प्रतिवद्धता अनुसार ३ करोड भन्दा तलका आयोजनामा बजेट वितरण गरिएको बताए । उनले प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको उल्लेख गरे ।

    उनले सरकारले बजेट विनियोजनमा पुरानै शैली दोहो¥याई रहनु दुभाग्यपूर्ण भएको बताए । उनले भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै स्थानीय सडक अन्तर्गतका ६५५ आयोजनामध्ये ८९ सय वटा आयोजनामा एक करोड भन्दा माथि रहेको बताए । उनले काठमाडौं सडक बिस्तारमा ४३ मध्ये ४ वटामा मात्रै एक करोडमाथि र रणनीतिक सडक पुल निर्माणमा ६७९ आयोजनामध्ये ७२ वटा आयोजनामा मात्रै एक करोड भन्दा माथि रहेको बताए । उनले दुई करोड माथिका आयोजना ७ वटा मात्रै रहेको बताए ।

    उनले वैकल्पिक साहयक राजमार्ग भौतिकले नगर्ने भनेको ठाउँमा ८९८ आयोजनाहरु रहेको बताए । उनले जसमा १८९ मा मात्रै करोडमाथि रकम हरेको र २ करोड माथिका नगन्य रहेको बताए । उनले १४ वटा सुरुङमार्ग उल्लेख भएपनि बुटवलबाट पाल्पा जाने बाहेक अन्य कुनैमा बजेट उल्लेख नभएको बताए । उनले सबैभन्दा महत्वपूर्ण बनाउनुपर्ने रणनीतिक महत्वको टोखा छहरे सुरुङ मार्गको गत वर्ष प्रश्ताव गरेको भएपनि अहिले नाम समेत उल्लेख नगरी भेदभाव गरेको बताए ।

    उनले भने, ‘सरकारले ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा चार मन्त्रालयमा हेर्दा ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा छन् । यी सबै उपभोक्ताको नाममा जसले बजेट राखेका हुन । उनीहरुले आफ्नो मान्छे मार्फत खर्च गर्छन अधिकांश कुठाउँमा पर्छ । त्यसको सदुपयोग हुँदैन । दुरुपयोग हुन्छ । भन्ने स्पष्ट हुँदा हुँदै पनि ३ करोड भन्दा तलका आयोजनामा बजेट वितरण गरिएको छ । प्रधानमन्त्री बोलेको बोलै हुनुहुन्छ । तर बेलेर के फाइदा कार्यान्वयनमा हामी के गरिरहेका छौं । पुरानै शैली दोहोर्याईरहेका छौं त्यो अन्त्यन्त दुर्भाग्यपूर्ण कुरा हो ।

    भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै स्थानीय सडक अन्तर्गतका ६५५ आयोजना मध्ये ८९ सय वटा आयोजनामा एक करोड भन्दा माथि छ । काठमाडौं सडक बिस्तारमा ४३ मध्ये ४ वटामा मात्रै एक करोड माथि छ । रणनीतिक सडक पुल निर्माणमा ६७९ आयोजना मध्ये ७२ वटा आयोजनामा मात्रै एक करोड भन्दा माथि छ । दुई करोड माथिका आयोजना ७ वटा मात्रै छन् । वैकल्पिक साहयक राजमार्ग भौतिकले नगर्ने भनेको ठाउँमा ८९८ आयोजनाहरु छन् । १८९ मा मात्रै करोड माथि रहेको छ । २ करोड माथिका नगन्य छन् । १४ वटा सुरुङ मार्ग उल्लेख छ ।

    बुटवलबाट पाल्पा जाने बाहेक अन्य कुनैमा बजेट उल्लेख छैन । सबै भन्दा महत्वपूर्ण बनाउनु पर्ने रणनीतिक महत्वको टोखा छहरे सुरुङ मार्गको गत वर्ष हामीले प्रश्ताव गरेको हुनाले अहिले नाम समेत उल्लेख छैन । किन यस्तो किसिमको भेदभाव हो । यो कुनै नुवाकोटको मात्रै योजना होइन । देशको आयोजना हो । धनुषामा भौतिक योजनाबाट ५५ आयोजना रहेछन् ।’

    उनले गत वर्षको सरकारले ल्याएका योजनामा पूर्ण भेदभाव गरेर बजेट विनियोजन भएको उल्लेख गरे । उनले दायित्व सिर्जना भएर ठेक्का आयोजनामा पहिला खर्च गर्नु भनिए पनि वर्तमान सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend