logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • कानूनमन्त्री गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता

    कानूनमन्त्री गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता

    553
    Shares
    कानूनमन्त्री गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबीच भेटवार्ता

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङ बीच शिष्टाचार भेट भएको हो ।

    भेटको अवसरमा मन्त्री गिरीले न्यायाधिश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गरे । उनले नेपाल र चीनबीच सदियौंदेखि रहि आएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा व्यक्तगरे । साथै चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए ।

    नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि कानून तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उनको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गरे ।

    भेटका क्रममा मित्रराष्ट्र चीनका न्यायाधिशले एक चीन नीति प्रतिको नेपालको प्रतिवद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बीचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend