logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै मुगुको रारा ताल

    आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै मुगुको रारा ताल

    5.7K
    Shares
    आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै मुगुको रारा ताल

    सनत हमाल
    मुगु । मुगु जिल्लामा अवस्थित एक प्राकृतिक र सुन्दर ताल हो रारा । यो तालले आफ्नो अनौठो र विशिष्ट सौन्दर्यका कारण पर्यटकहरुको मनलाई मोहनी लगाउँछ । तर, कहिलेकाहीँ सोचिएको र वास्तविकतालाई तुलना गर्दा केही फरक छ रारामा ।
    हिजो आज राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बन्दै जान थालेको छ ।

    रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले नपुग्ने रहेको छ । रारा तालको वास्तविकता सोचिएको भन्दा फरक भए पनि यसको अनौठो र मनमोहक सौन्दर्यले सबैलाई मोहित पार्ने गरेको छ । यसको प्राकृतिक सुन्दरता र शान्त वातावरणले यहाँ आउने जो कोहीको मन जित्ने गरेको छ ।

    जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाक्ने गरेको छ । फोटो भिडियोमा देखेको रारालाई आफुले प्रत्यक्ष नियाल्दा सुन्दर अनि अनौठो महसुस गरेको रारा घुम्न आएकी काठमाडाँैकी सिता दुवाडीले बताईन । उनले भनिन, “रारासँग अनेकौँ सुन्दरता रहेछ, फोटोमा देखेको भन्दा झने राम्रो र मनमोहक रहेछ रारा । यस्को सुन्दरताको ब्याख्या गर्न नै सकिन मैले ।”

    रारा तालको प्राकृतिक सौन्दर्य अद्वितीय रहेको छ । तालको शान्त पानी, वरिपरिका हरियाली जंगलहरु, हिमालयन दृश्यहरु, र जैविक विविधता अद्भुत रहेका छन् । जब रारा जाने योजना हुन्छ तब बाटोको असहजताले यात्रामा पाउने दुःख कष्टको कल्पना हुन्छ ।

    जब दुख कष्ट सहेर रारा पुगिन्छ तब सम्पुर्ण दुख कष्ट बिर्साउछ राराले एउटा स्वर्गको टुक्राझै लाग्ने राराको हामीले बयान गर्ने कुनै शब्द नै नभएको रारा घुम्न आएका पर्यटकहरु बताउछन् । यति सुन्दर तथा मनमोहक एवं आन्तरिक तथा बाह्यि पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र रहेको यो ठाउँ अझै राज्यको उपेक्षामा परेको आन्तरिक पर्यटक दीपक पाण्डेले बताए ।

    उनले भने, “स्वर्गको टुक्रा झै रहेको रारालाई अझै राज्यले चिन्न सकेन, जो आफैमा दुःख लाग्दो कुरो हो ।” रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुंगी पाइन्छन् ।

    रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धेरैजसो आन्तरिक पर्यटक आउने गदर्छन् ।

    रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल रहेको स्थानीयवासीहरु बताउछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend