logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ : नेता खनाल

    पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ : नेता खनाल

    572
    Shares
    पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ : नेता खनाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाडी कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन् ।

    उनले पार्टीमा एक व्यक्ति एक पद लागू हुनुपर्ने बताउँदै पार्टी नेतृत्वमा सहमति भइदियोस् भन्ने कार्यकर्ताको चाहना रहेको पनि स्पष्ट गरे । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय विदेश विभागको बैठकमा उनले त्यस्तो बताएका हुन् ।

    बैठकले दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभागका सचिव डा शंकर खतिवडालाई प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । विभागको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महाधिवेशन प्रतिनिधिमा उनलाई सर्वसम्मतिबाट चयन गरिएको हो ।

    यही असार १६–२० गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा करिब एक हजार आठ सय ५० प्रतिनिधि चयन गरिने तथा केही मनोनयन गरिने र पर्यवेक्षकसमेत चुनिने बताइएको छ ।

    देशभर बुधबार सबै महाधिवेशन प्रतिनिधि एकै पटक चुनिने छन् । बैठकले गरेको निर्णय अन्तरपार्टी निर्देशनले निर्देश गरेबमोजिम बुधबार संगठन विभागलाई बुझाइने विभाग सचिव डा खतिवडाले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend