logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • मुगुका १ हजार ९४३ बालबलिका पोलियो रोग विरुद्धको आईपिभी खोप बाट बञ्चीत

    मुगुका १ हजार ९४३ बालबलिका पोलियो रोग विरुद्धको आईपिभी खोप बाट बञ्चीत

    819
    Shares
    मुगुका १ हजार ९४३ बालबलिका पोलियो रोग विरुद्धको आईपिभी खोप बाट बञ्चीत

    सनत हमाल
    मुगु । मुगुमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान सञ्चालन भएपनि जिल्ला भरी करिब १ हजार ९४३ बालबलिका उक्त खोप बाट बञ्चीत भएका छन ।

    गत जेठ १३ गतेबाट जेठ १६ गते सम्म सञ्चालन भएको उक्त खोप अभियानमा जिल्ला भरि ४ हजार ७४३ बालबालिका लाई खोप लक्षित गरिएको भएपनि २ हजार ८ सय बालबालिकालाई खोप लगाएको र खोप अपुग हुँदा १ हजार ९४३ बालबालिका खोप बाट बञ्चीत भएका जिल्ला अस्पताल मुगुका सूचना अधिकारी पर्शराम नेपालीले बताए ।

    उनले भने, “खोप अपुग हुँदा हजारौँ बालबालिका खोपबाट बञ्चीत भएका छन्, हामीले प्रदेश स्वास्थ्य सेवा निर्देशनालय बिरेन्द्रनगर सुर्खेतमा प्रगति बिवरण पेस गरिएको र नपुगेको खोप समेत पठाउन पत्रचार समेत गरेका छौँ, थप खोप आउछ होला ।”

    उक्त खोपले प्राकृतिक पोलियो भाइरस (Wild Polio Virus) र ओपिभी खोपबाट उत्पन्न भएको पोलियो भाइरस Vaccine Derived Polio Virus) बाट हुने पोलियोमाईलाईटिस् हुनबाट सुरक्षित गर्दछ ।

    आईपिभी खोप लगाउन छुटेका बालबालिकाहरुलाई एक मात्रा आईपिभी खोप लगाएर तिनीहरुलाई पोलियो रोगबाट सुरक्षित गराउन यो खोप अभियान सञ्चालन गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend