logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • धितोपत्र बोर्डका ३ जना उम्मेदवार फेरि पनि अन्तर्वार्तामा अनुपस्थित, अब के हाेला ?

    धितोपत्र बोर्डका ३ जना उम्मेदवार फेरि पनि अन्तर्वार्तामा अनुपस्थित, अब के हाेला ?

    511
    Shares
    धितोपत्र बोर्डका ३ जना उम्मेदवार फेरि पनि अन्तर्वार्तामा अनुपस्थित, अब के हाेला ?

    काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षका तीन जना उम्मेदरवार अन्तर्वार्तामा अनुपस्थित भएका छन् । तीन जना बोर्डको अध्यक्षका उम्मेदरवारलाई बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु अनुपस्थित भएका हुन् ।

    गत असार २ गते बोलाइएको अन्तर्वार्तामा समेत दुई जना मात्रै उपस्थित भएका थिए। बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा पाँच उम्मेदवार छनिएका थिए। जसमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भएका थिए।

    नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई दुवै पटक अन्तर्वार्तामा सहभागी भएनन्। कार्यविधिमा शैक्षिक योग्यता र अनुभवमा ५२ तथा कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि ४८ अंक छुट्याइएको छ।

    नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। समितिले सिफारिस गरेको नामको आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नुपर्ने व्यवस्था छ। बोर्डको अध्यक्षका लागि आवेदन दिइ छनौटमा परेकामध्ये तीन जना दोस्रोपटक पनि अन्तर्वार्तामा अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया अगाडि बढाउने नबढाउने भन्नेमा अन्योल देखिएको छ।

    कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उम्मेदरवारहरु अनुपस्थित भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अब रद्द हुने सम्भावना देखिएको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्नुपर्ने पक्षमा छन् । तर, अर्थमन्त्री वर्षमान पुन यसको विपक्षमा देखिएका छन् ।  अध्यक्षको पद गत पुस तेस्रो सातादेखि खाली छ।

    पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन हुँदा प्राथमिक सेयर निष्कासन अवरुद्ध भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend