logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गर्न मिल्छ की मिल्दैन सरकारले जवाफ दिनुपर्छ : सांसद खतिवडा

    पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गर्न मिल्छ की मिल्दैन सरकारले जवाफ दिनुपर्छ : सांसद खतिवडा

    728
    Shares
    पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गर्न मिल्छ की मिल्दैन सरकारले जवाफ दिनुपर्छ : सांसद खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्नेकुराको सरकारसँग जवाफ माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नविकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नविकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधान लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन् ।

    उनले राज्यले सोबारेमा के सोचेको छ ? भन्ने उनको प्रश्न थियो । उनले संविधानतः पार्टी सदस्यता नविकरण गर्न पाइन्छ की पाइँदैन भन्नेबारेमा सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए ।

    उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नविकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नविकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्यो बारे के सोचेको छ । सरकारले त्यसको जवाफ दिओस् । संविधानमा के छ ? त्यो सरकारले जवाफ देओस् भनेर म माग गर्न चाहन्छु । साथै धितोपत्र बोर्डको अध्यक्ष नियुत्ति, गर्न सत्तारुढ दलमा रस्साकस्सी भएको छ । कानूनी प्रक्रिया नपु¥याइकन नियुक्ति गर्ने प्रक्रिया अघि बढ्यो भन्ने आएको छ । त्यसको बारेमा जवाफ दिइयोस् ।’

    उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कानूनी प्रक्रिया नपु¥याइकन नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend