logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा

    संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा

    462
    Shares
    संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ । बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

    बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको बताए । उनले कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरुमा छलफल भएको बताए । उनले नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको बताए ।

    उनले भने, ‘आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग हामीले परामर्श र छलफल गरेका छाैं । यो हाम्रो कार्यादेशसँग सम्बन्धित विषयहरुमा कतिपय कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरु पनि सँगसँगै थिए । ति सबै सन्दर्भमा संविधान, कानून र हाम्रा अभ्यासहरुले गरेका प्रवन्धहरुका सन्दर्भमा स्पष्टता महशुस भयो र त्यसका निम्ति हामीले उहाँहरुलाई आमन्त्रण गरेका थियौँ ।

    नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगाना उहाँहरु हाम्रो आमन्त्रणमा आउनुभएको थियो । आजको बैठकमा आज उहाँहरुसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरुका सन्दर्भमा कानूनी प्रवन्धहरु लगायतका विषयमा छलफल गरेका छौँ । समितिले उहाँहरुसँगको छलफलबाट लाभान्वित भएको महशुस गरेको छ । अर्को बैठक १० गते बस्नेछ ।’

    आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend