logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्रालयको बजेट वृद्धिमा लाग्न खेलकुदमन्त्रीलाई सांसद पौडेलको सुझाव

    मन्त्रालयको बजेट वृद्धिमा लाग्न खेलकुदमन्त्रीलाई सांसद पौडेलको सुझाव

    728
    Shares
    मन्त्रालयको बजेट वृद्धिमा लाग्न खेलकुदमन्त्रीलाई सांसद पौडेलको सुझाव

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राजीनामा पत्र लेखेर निरुत्साहित हुने भन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुद मन्त्रीलाई सुझाव दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सचिव पौडेलले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।

    उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसावले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै भएको बताए । उनले थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने उल्लेख गरे । उनले खेलकुद मन्त्री आफै युवा भएकोले युवा तथा खेलकुद क्षेत्रको विकासको लागि बजेट थप गर्नेगरी पहल गर्न आग्रह गरे । उनले मुलुकको कुल जनसंख्याको ठूलो हिंसा युवा भएको बताए । उनले खेलकुद एक मात्रै विधा हो जसले मुलुकलाई एक ल्याउने बताए ।

    उनले क्रिकेट वा फुटवलको क्षेत्रमा नेपालीहरु कुनै पनि मुलुकमा खेल खेल्न गए भने विश्वमा भएका नेपाली र मुलुकका राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सर्वसाधरण समेत एक भएर हेर्ने र चासो प्रकट गर्ने बताए । उनले खेल जगतले अनुशासन भन्दा बाहिर रहेका क्षेत्रलाई समेत भाषा,संस्कृति,राष्ट्रिय एकतासहित सिङ्गो देशलाई जोड्ने बताए ।

    उनले भने,‘ युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट छुट्याएको छ । प्रतिशतको हिसाबले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै हो । मन्त्रालयमा बजेट बढाउन लढिरहनु होला । राजीनामा लेखेर निरुत्साहित हुने होइन । प्रधानमन्त्रीलाई दिनुभयो भएन थाहा छैन तर पत्रपत्रिकामा मैले बोल्दै छु । मन्त्री आफू युवा भएकाले मन्त्रालयको बजेट थप गर्ने गरी पहल गर्न आग्रह गर्दछु । युवा मुलुकको कुल जनसख्याको ठूलो हिंसा पर्छ । मुलुक नै एक ठाउँमा हुने विषय खेलकुद मात्रै हो । क्रिकेट वा फुटवलको क्षेत्रमा खेलमा मुलुक एक ठाउँमा हुन्छ ।

    नेपालीहरु कुनै पनि मुलुकमा खेल खेल्न गए भने विश्वमा भएका नेपाली र मुलुकका राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सर्वसाधरण समेत एक भएर हेर्ने र चासो प्रकट गर्ने भनेको खेल हो । खेल जगतले अनुशासन भन्दा बाहिर रहेका क्षेत्रलाई समेत भाषा,संस्कृति,राष्ट्रिय एकतासहित सिङ्गो देशलाई जोड्ने खेल क्षेत्र हो । खेल क्षेत्र सुधार गर्नु भनेको राज्यका सुशासन कायम गर्नु हो । मुुलुकलाई सवल र एकतावद्ध बनाउने मन्त्रालयलाई बजेट एकदमै कम भएको छ ।’

    उनले युवा तथा खेलकुद मन्त्रालयले बजेट अनुसारका नयाँ–नयाँ कार्यक्रमहरु थप गरी खेलकुदको विकासमा लाग्न आवश्यक रहेको बताए । उनले सातै प्रदेशमा खेलकुद मैदान निर्माणको लागि योजना बनाएर लैजान आवश्यक रहेको बताए । हरेक वर्षका योजनालाई निरन्तरता भन्दा पनि खेलकुदको विकासमा जोड दिनेगरी कार्यक्रम र बजेट लैजानु अहिलेको आवश्यकता भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend