logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रलाई बुझ्ने विषयमा गम्भिर बन्नुपर्छ : मेटमणि चौधरी

    प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रलाई बुझ्ने विषयमा गम्भिर बन्नुपर्छ : मेटमणि चौधरी

    546
    Shares
    प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रलाई बुझ्ने विषयमा गम्भिर बन्नुपर्छ : मेटमणि चौधरी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खेलकुद क्षेत्रको विकासमा गम्भिर बन्न आग्रह गरेका छन् । उनले सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा कम बजेट विनियोजन गरेको उल्लेख गर्दै त्यसको विकासमा ध्यान दिन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका हुन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले सरकारले खेलकुद क्षेत्र र युवा समूदायलाई उपेक्षित गरेको भन्दै आपत्ति जनाए । उनले खेलकुद मन्त्रालयको महत्व बुझ्ने विषयमा पनि ख्याल गर्न सरकारलाई सचेत गराए । प्रमुख सचेतक चौधरीले राष्ट्रिय खेलाडीहरुलाई नियमित पारिश्रमिकको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

    उनले भने, ‘युवा तथा खेलकुद मन्त्रालयलाई सरकारले हाई प्रायोरिटीमा राख्नुपर्ने हो । तर राख्न सकेनौं । आज हामी युवा तथा खेलकुद क्षेत्रलाई उपेक्षित क्षेत्र, सबैभन्दा काम नलाग्ने मानिसहरुले खेल्ने खेल्ने क्षेत्रको रुपमा बुझिरहेका छौं । त्यसैले सरकारले सबैभन्दा कम बजेट यसमा एलोकेट गरेको छ । त्यसैले यो मन्त्रालयलाई बुझ्ने विषयमा अलि सिरिएस बन्नुपर्छ प्रधानमन्त्री, अर्थमन्त्रीले । अहिलेको खेलकुद मन्त्रीले ध्यान दिन नसकेपनि यो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले बेस्सरी ध्यान दिनुपर्ने हो । यसका लागि राष्ट्रिय खेलाडीहरुको आईडेन्टीफाई गर्ने र उनीहरुका लागि रेगुलर पारिश्रमिकको व्यवस्था गर्ने, प्रोत्साहित गर्ने योजनावद्ध रुपमा खेलाडीहरु उत्पादन गर्ने कुरामा प्लान हाम्रो हुनुपर्छ । र यो क्षेत्रालई हामीले प्रोफेशनल बनाउन सक्नुपर्छ ।’

    प्रमुख सचेतक चौधरीले खेलाडी उत्पादन गर्ने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend