
काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्रालिबीच सम्झौता भएको छ। कुमारी बैंक र पशुपति रिक्रियसनबीच बैंकका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको हाे।
सम्झौता अनुसार बैंकका ग्राहकले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङलगायत इन्डोर र आउटडोर खेल खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ।
सुविधाबाट ग्राहकले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सक्ने बैंकको विश्वास छ। बैंकले ३०२ शाखा, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend