logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सांसदहरुले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छ : स्वास्थ्यमन्त्री यादव

    सांसदहरुले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छ : स्वास्थ्यमन्त्री यादव

    399
    Shares
    सांसदहरुले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छ : स्वास्थ्यमन्त्री यादव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् ।

    उनले जनशक्ति थप गर्नका लागि आफूले अर्थ मन्त्रालयमा दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम)को कामलाई अघि बढाएको बताए । मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक रहेको पनि बताए ।

    उनले भने, ‘मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ । र त्यसको लागि प्रक्रियाहरु अगाडि बढाएका छौं । अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाई सकेका छौं । मलाई लाग्छ–माननीयजीहरुको दबाब र समग्र माननीयजीहरुको चाहना अनुरुप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु ।’

    मन्त्री यादवले सरकारी अस्पतालहरुमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाईका साथ अघि बढाएको दावी समेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend