काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडमा रहेको संस्थापक सेयर बेच्न लागेको छ । बैंकले हाउसमा रहेको ३० लाख कित्ता संस्थापक सेयर बेच्न लागेको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ रहेको छ । सेयर खरिदकर्ताले न्यूनतम ३० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
क्लियरिङ हाउसको संस्थापक सेयर वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले किन्न पाउने भएका छन् ।
संस्थापक सेयर किन्न असार १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।