logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • रैथाने खाद्यान्नको संरक्षण र प्रवद्र्धन आवश्यक छ : उपसभामुख राना

    रैथाने खाद्यान्नको संरक्षण र प्रवद्र्धन आवश्यक छ : उपसभामुख राना

    378
    Shares
    रैथाने खाद्यान्नको संरक्षण र प्रवद्र्धन आवश्यक छ : उपसभामुख राना

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले जलवायु परिवर्तनका कारण रैथाने बालीहरु मासिँदै गएको बताइन् । उनले आधुनिकतामा बढी रुमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताइन् । उनले नेपाल आउने पर्यटकहरुलाई स्थानीय खानेकुराहरुले स्वागत गर्नुपर्ने बताइन् । उनले स्थानीय खानेकुराको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताइन् ।

    उनले भनिन्, ‘अहिले आधुनिकतामा ढल्किने हिसावले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ । हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरुलाई हामीले बिर्सिरहेका छौँ । सरकारले रैथाने खानेकुरालाई प्रवद्र्धन गर्नुपर्छ । हाम्रा हिमाल र पहाडहरुमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन् । हामीले पर्यटकहरुलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ । हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानून बनाइ कार्यान्वयन गर्न आवश्यक छ ।’

    कार्यक्रममा बोल्दै होटल संघका अध्यक्ष विनायक शाहले ग्यास्टोनोमि टुरिजमको विकास गर्न आवश्यक रहेको बताए । उनले रैथाने खानेकुराको प्रवद्र्धन गरे मात्रै स्थानीय बालीहरुको संरक्षण गर्न सकिने बताए । उनले नेपालमा हाल झन्डै ५ हजार होटलहरुले रैथाने खानेकुराहरुको प्रवद्र्धन गरिरहेको बताए ।

    उनले भने, ‘ग्यास्टोनोमि टुरिजमको विकास गर्नुपर्छ । रैथाने खानेकुराको प्रवद्र्धन गर्नुपर्छ । झन्डै ५ हजार होटलहरु रैथाने खानेकुराको प्रवद्र्धनमा लागेका छौँ । हामी सबै मिलेर अघि बढ्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ ।’

    अध्यक्ष शाहले नेपालले पर्यटन दशक घोषणा गरेको भन्दै आफूहरु पर्यटन वृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend