logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा गिरावट, आज ३ अर्ब ८७ करोड बढीको कारोबार

    शेयर बजारमा गिरावट, आज ३ अर्ब ८७ करोड बढीको कारोबार

    413
    Shares
    शेयर बजारमा गिरावट, आज ३ अर्ब ८७ करोड बढीको कारोबार

    काठमाडौँ । आज शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४४ अकंले घटेर २०६८.३१ बिन्दुमा बन्द भएको छ ।

    आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घटेको छ ।

    बिहिबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज फाइनान्स समूहको १.८३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१३ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ । आज अन्य ११ उपसूचक भने राताम्य भएका छन् ।

    यसदिन माउन्टेन इनर्जीको १७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबीको ९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कालिका लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ७ दशलमव ७१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ६३ प्रतिशतका दरले कमाएका छन् ।

    आज कुथली बुखरी हाइड्रोका लगानीकर्ताले ९ दशलमव २८ प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend