logo

२०८१ असार १३ बिहिबार

logo
  • बिहिबार, १३ असार २०८१
  • फिल्डिङ र ब्याटिङमा कमजोरी भए आगामी दिनमा सुधार्छौं : कप्तान पौडेल

    फिल्डिङ र ब्याटिङमा कमजोरी भए आगामी दिनमा सुधार्छौं : कप्तान पौडेल

    2.3K
    Shares
    फिल्डिङ र ब्याटिङमा कमजोरी भए आगामी दिनमा सुधार्छौं : कप्तान पौडेल

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् । बिहीबार टि २० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

    टिममा आत्मविश्वास भएपनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए । उनले अमेरिका र वेस्टइण्डिजको पिचमा कुनैपनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताए । उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खालि छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले बेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ ।’

    उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend