logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार देश र जनताको पक्षमा छैन : सांसद महत

    सरकार देश र जनताको पक्षमा छैन : सांसद महत

    644
    Shares
    सरकार देश र जनताको पक्षमा छैन : सांसद महत

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज दिनुभएको जवाफले पनि सोकुरा प्रमाणित गर्ने बताए । उनले कार्यविधिमा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गरे । यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने बताए । प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्नेकुरा आजको मन्तव्यका क्रममा राखेपनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘देश जनताको पक्षमा यो सरकार छैन । यसले सक्दैन । आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोड भन्दा तलका आयोजनाहरु जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ । केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नुभयो । एक करोड भन्दा तलका आयोजना मात्रै ५५ अर्बका छन् । तीन करोड भन्दा तलको खर्बौं नाघ्छ । त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको ? यो सरकार जिम्मेवार छैन ।’

    उनले नेपाली कांग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend