logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाद्धारा सर्वोच्च अदालतमा रिट दर्ता

    गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाद्धारा सर्वोच्च अदालतमा रिट दर्ता

    511
    Shares
    गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाद्धारा सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको कारबाहीमा परेका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

    गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीसमेत रहेका देवकोटाले आफूमाथि गरिएको कारबाही गैरकानुनी भएको जिकिरसहित रिट दर्ता गराएका हुन् । उनले माओवादी केन्द्र संसदीय दलको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन पनि माग गरेका छन् ।

    उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् ।

    देवकोटाले गएको जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेशको माग गरेका छन् । यस्तै प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्नसमेत उनले माग दाबी गरेका छन् ।

    देवकोटाले नेकपा (माओवादी केन्द्र) संसदीय दलको ह्वीप उल्लंघन गरेर कांग्रेस दलका नेता एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीको निर्णयअनुसार गत जेठ ३१ गते उनले प्रदेशसभा सदस्यको पद गुमाएका थिए ।

    उनको पद गएको सूचना सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा सुनाएका थिए । जेठ २८ मा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका उनी त्यसको भोलिपल्ट मन्त्रीमा नियुक्त भएका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend