logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • लक्जरी ब्राण्ड बालीमा उपभोक्ताले पाउने छन् ४० प्रतिशत सम्म छुट

    लक्जरी ब्राण्ड बालीमा उपभोक्ताले पाउने छन् ४० प्रतिशत सम्म छुट

    581
    Shares
    लक्जरी ब्राण्ड बालीमा उपभोक्ताले पाउने छन् ४० प्रतिशत सम्म छुट

    काठमाडौँ । दबारमार्गमा रहेको स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीले आकर्षक छुटको घोषणा गरेको छ । बालीले ४० प्रतिशतसम्म छुटको घोषणा गरेको हो ।

    विश्वप्रख्यात ब्राण्ड बालीका लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरु नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ ।

    लक्जरी ब्राण्ड बाली १८५१ मा स्विजरल्याण्डमा जन्मिएको ब्राण्ड हो भने नेपालमा काठमाडौँको दबारमार्गमा रहेको सोरुमबाट वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ ।

    हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनीसँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको घोषणा गरेको हो ।

    ‘नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौं ।’ वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, ‘त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनीसँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौं ।’

    उनले थपे ‘सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिँदैनन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौं ।’ कम्पनीले नेपाली उपभोक्तालाई विशेष छुट घोषणासँगै अवसरको सही सदुपयोग गर्न आग्रह समेत गरेको छ ।

    बालीले गुणात्मक उत्पादनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरु बालीकै उत्पादन हुन् ।

    आजको अत्याधुनिक प्रविधी र आधुनिकता सँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, व्यवसायिहरुको पहिलो रोजाई बन्दै आएको छ ।

    बाली उत्पादन क्षेत्रमा आफ्नो १७२ बर्षभन्दा लामो  लेगेसी कायम राख्न सफल छ ।

    होटल उडल्याण्डसँगै दरबारमार्गमा रहेको वाच ग्यलरीले नेपाली बजारमा लामो समयदेखी बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend