सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रास्वपाको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी

रास्वपाको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसिरहेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेतृत्वले सदन र सरकारको संक्षिप्त अपडेट दिने र पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदान गर्ने काम भइरहेको बताइएको छ ।

त्यस्तै, बैठकमा संसद्, सरकारको कामकारबाही, पार्टी स्थापना दिवस र विविध विषयमा छलफल भइरहेको छ ।

रास्वपाले आज पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लागेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापानमा राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend