logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मुगुको छायाँनाथ राराको १५ औँ नगरसभामा पत्रकार प्रवेशमा रोक !

    मुगुको छायाँनाथ राराको १५ औँ नगरसभामा पत्रकार प्रवेशमा रोक !

    2.5K
    Shares
    मुगुको छायाँनाथ राराको १५ औँ नगरसभामा पत्रकार प्रवेशमा रोक !

    सनत हमाल
    मुगु । मुगु स्थित छायाँनाथ रारा नगरपालिकाको १५ औँ नगरसभामा जिल्लाका पत्रकारहरुलाई माथीको आदेश भन्दै प्रहरीले नगर सभा भित्र प्रवेशमा रोक लगाएको छ ।

    पत्रकार महासघलाइ सम्बोधन गरि जिल्ला स्थित सञ्चारकर्मीहरुलाइ नगर सभाको उद्धघाटन सत्रमा निमन्त्रणा गरिएको भएपनि हल प्रबेश गर्न लाग्दा प्रहरीले माथीको आदेश भन्दै कार्यक्रम हुने होटल मुनलाइटको हलमा प्रवेशमा रोक लगाएको हो ।

    पत्रकारहरु सभाहलमा जाँदै गर्दा पहिलो प्रवेश गेटमा रहेका सुरक्षाकर्मीहरुले प्रवेश पास खोजेका थिए । प्रवेश पास आफुलाइ कसैले नदिएको र नगरपालिकाको निमन्त्रणा पत्र देखाएपछि प्रवेश पाएका पत्रकारहरुलाइ दोर्सो प्रवेश गेटमा फेरि प्रहरीले अवरोध गर्दै प्रवेश गर्न माथिको अनुमती नभएको भन्दै रोकेको छन् ।

    त्यहाँ वरपर रहेका नगरपालिकाका कर्मचारीहरु समेत मुखदर्सक भएर प्रहरीले पत्रकार माथी गरेको व्यवहारलाई चुपचाप हेरिरहेका थिए । पत्रकारहरुले निमन्त्रणा पत्र र आफ्नो कार्ड देखाएपनि प्रवेश नपाएपछि आत्मसम्मानमा चोट पुगेको महशुस गर्दै सभा स्थलबाट फर्किएको नेपाल पत्रकार महासंघका मुगु शाखा अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए । नगर सभामा सर्वसाधरणलाई समेत रोक लगाईएको छ ।

    शुसासन, पार्दर्षिता, जवाफदेहिताको कुरा गरेर नथाक्ने छायाँनाथ रारा नगरपालिकाले राज्यको चौँथो अंगको रुपमा रहेको सञ्चारक्षेत्रमा कार्यरत पत्रकारलाइ नै सभा स्थलमा प्रवेश गर्न अवरोध गर्नुले सर्बसाधरणको सूचनाको हकलाई कुन्थित गर्न खोजेको नेपाल पत्रकार महासघ मुगु शाखा द्धारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend