logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सडक भासिएर अवरुद्ध भएको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

    सडक भासिएर अवरुद्ध भएको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

    882
    Shares
    सडक भासिएर अवरुद्ध भएको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ ।

    वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो । आज पनि सोही ठाउँमा एउटा बोलेरो जीप फस्दा सडक अवरुद्ध रहेकामा जीप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ । सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो ।

    पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकीलगायतका केही ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend