logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ : मन्त्री जोशी

    संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ : मन्त्री जोशी

    714
    Shares
    संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ : मन्त्री जोशी

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धि विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिवद्धता दोहार्याएका हुन् ।

    यो वर्षे अधिवेशनमा सो विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री जोशीको भनाई थियो । उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टिकरण पनि दिए । मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सराकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरुसँगको परामर्शमा जो विधेयकलाई टुंगो लगाउन आफूहरु लागि परेको बताए ।

    मन्त्री जोशीले भने, ‘यो वर्षे अधिवेशनमा यो विधेयक आउँछ । यसमा तपाईहरु कुनै भ्रममा नपर्दा हुन्छ । कुनै पनि हालतमा यो मन्त्रालय त्यसमा प्रतिवद्ध छ भन्ने कुरामा म भन्न चाहन्छु । यो अधिवेशनमा आउँछ । यो मेरो विश्वा पनि हो । प्रतिवद्धता पनि हो । विश्वास के हो भन्दाखेरी सबै राजनीतिक दलहरुसँग छलफल गरेको छु । उहाँहरु पनि पोजिटिभ नै हुनुहुन्छ । मलाई लाग्छ– सबै राष्ट्रसेवक कर्मचारीहरु पनि हामीले जे समझदारी गछौं ।

    यो कर्मचारीसँगै संवद्ध भएको हुनाले उहाँहरु सबै सरोकारवालाहरुसँग पनि परामर्श गरेर यसको टुंगो लगाउँला भन्ने कुरामा म तपाईँहरुलाई भन्न चाहन्छु । यो विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले यसमा धेरै छलफल पनि भयो । अहिले पनि विद्यालय शिक्षा विधेयक पनि अलि सजिलो ढंगले आउन सकेको छैन भने यही विधेयकमा पनि अलि बढि छलफल गर्नुपर्ने भएको हुनाले यो आउन सकेन । तर मैले फेरी पनि दोहो¥याएर भन्छु–यो विधेयक यो अधिवेशनबाट पास गर्ने तयारी गर्छौं । मन्त्रालय मन्त्रालय यसका लागि प्रतिवद्ध छ भनेर म तपाईहरुलाई जानकारी गराउँछु । ’

    मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गरे । उनले सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend