logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैन : झलनाथ खनाल

    अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैन : झलनाथ खनाल

    917
    Shares
    अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैन : झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताए । उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताए । उनले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताए । उनले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गरे ।

    उनले भने, ‘हामी नौ दिनपछि हाम्रो १० औं महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ । यसको पूर्वघडिमा यो फुटबल आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघदले गरेको छ । महाभिवेशन हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदैछ ।

    यसलाई सफलीभुत पार्नु हाम्रो पार्टीका सम्पूर्ण समर्थक, शुभचिन्तकहरुको प्रमुख अभिभारा हो । हामी तम्तयारी जसरी अघि बढाउँदै छौँ, अब यो महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन्छ नै । यसलाई रोक्न, छेक्न, डिस्टर्ब गर्नसक्ने कुनै शक्ति अहिले नेपालमा छैन कमरेडहरु । यो सफल हुन्छ नै । यसलाई सफलीभुत बनाउन सबै एकतावद्ध हौँ । ऐतिहासिक महाधिवेशन बनाऔँ । प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाऔँ ।’

    सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend