logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको निर्देशन

    संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको निर्देशन

    763
    Shares
    संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको निर्देशन

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरुमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रश्ततु हुने कार्यसूचि रहेको र ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ पस्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुन निर्देशन दिने निर्णय भएको बताए । उनले अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन आग्रह गरे ।

    उनले कांग्रेस अहिले संसदमा प्रतिपक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको भएको बताए । पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा सदस्यहरुको उपस्थिति पातलो भएकाले नेपाली कांग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको बताए ।

    उनले भने, ‘आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरुमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रश्ततु हुने कार्यसूचि रहेको छ । त्यसो भएकाले ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलले निर्णय गरेको छ। अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन भनेका छौँ ।

    अहिले संसदमा हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको हो । तर यो पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा मान्य सदस्यहरुको उपस्थिति अलि पातलो देखिएको छ । त्यसो भएकाले आजको संसदीय दलको बैठकले नेपाली काँग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको छ ।’

    प्रमुख सचेतक लेखकले अहिलेको बजेटको विनियोजन अपरिपक्व, असन्तुलित, पूर्वाग्रही, पक्षपातपूर्ण रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend