logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ : उपप्रधानमन्त्री लामिछाने

    रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ : उपप्रधानमन्त्री लामिछाने

    714
    Shares
    रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ : उपप्रधानमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् ।

    उनले सञ्चारकर्मीहरुमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरुले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गरे । सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जवले मन्त्रालयहरु चलाउने आधारहरु बनेको बताए ।

    उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे । उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभुति भएको पनि बताए ।

    उनले भने, आज हामीले यसो समिक्षा पनि गरेर हेर्यौं–कस्तो रहेछ, के रहेछ ? भनेर । समग्र रुपमा असाध्यै धेरै जिम्मेवारीपूर्ण भूमिकामा आईपुगिएछ शुरु गर्दागर्दै भन्ने कुराको महसुश भएको छ । र, २ वर्ष बितिरहँदाखेरी र आज जुन ठाउँमा रास्वपा राष्ट्रिय राजनीतिमा उभिएको छ । यसले हामीलाई असाध्यै धेरै जिम्मेवार बनाएको रहेछ भन्ने कुराको महशुस गराएको छ । जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । अपेक्षा नै असाध्यै धेरै छ । हामी नयाँ राजनीतिक दल भएको हुनाले फरक भईदिए हुन्थ्यो, पुरानोसँग नगईदिए हुन्थ्यो । सरकारमा नगईदिए हुन्थ्यो ।

    भन्ने जुन आम चासो छ नि । त्यो चाहीँ किन भनिरहन्छन् भने सरकारमा जानु भनेको आम नागरिकको आजसम्म बुझाई के हो भने सरकारमा जानु भनेको राज्य दोहन गर्नु भयो । मान्छे आफ्नो पाल्नु हो, ठेक्कापट्टा गर्नु हो । भ्रष्टाचार गर्नु हो भन्ने भएको भएर यी आफ्नो मान्छेहरु नगई दिए हुन्थ्यो भन्ने त्यो सोच सदभावका साथ राखिएको हो । तर हामीले एउटा आधार बनाएका छौं । किनभने २१ सिटले हामीले सदनमा एक वर्ष गज्जवको प्रतिपक्ष भएका हौं । सरकारमा भर्खर सय दिन जति भएको छ ।

    ‘गज्जवको ढंगले मन्त्रालयहरु चलाउने आधारहरु बनेका छन । आम नागरिकको अपेक्षा अवश्यक पनि ठूलो छ । त्यो अपेक्षालाई परिपूर्ति गर्नका लागि हामीलाई चुनौति पनि ठूलो छ । त्यही ढंगको अभ्यास गरेर हामी त्यसको समिपमा पुग्छौं । त्यसलाई मिट गर्ने, म्याच गर्ने पूरै इमान्दार कोशिस गर्छौं । हामीलाई पुरानै जस्तो भनेर चाँही सचेत गराउनका लागि घण्टी बजाईदिए जस्तो लाग्छ । तपाईले आज पनि हाम्रो तौरतरिका हेर्नु भयो होला । गत वर्षको पनि हेरिरहनु भएको होला ।

    मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैनन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौ । हामी अननेशेसरी मोलाहिजामा जाँदैनौं भन्ने सुनिश्चितता हामी दिन सक्छौं । त्यसले गर्दा फरक धेरै छन । तर यति छोटो समयमा हामी कसरी फरक छौं, कसरी पृथक छौं ? अहिले देखाउन कहाँ पाएका छौँ र । बाँकि नै छ । आधार त भर्खरै बन्यो । यति लामो बेथितिका बाबदुत एउटा राजनीतिक धार जन्मिएको छ । ३३, ३४ वर्षको एउटा प्रशव पीडा पछि । यसलाई सबै भारी बोक भन्नुहुन्छ भने त्यो अन्याय होला । तर भारी बोक्न हामी तयार हुँदैछौं । हुन्छौं, सक्छौं जस्तो लाग्छ मलाई’ उनले भने ।

    उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठूलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend