बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

पुराना दलहरुसँग लसपस गरिरहे रास्वपा समाप्त हुन्छ : बाबुराम भट्टराई

पुराना दलहरुसँग लसपस गरिरहे रास्वपा समाप्त हुन्छ : बाबुराम भट्टराई

रास्वपा स्थापना दिवस – अध्यक्ष डा भट्टराई काठमाडौँ , ७ असार ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय काठमाडौँको चःमतीमा शुक्रबार आयोजित चियापान समारोहमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका (नेसपा) अध्यक्ष डा बाबुराम भट्टराई, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललगायत। तस्बिर ः हरिराम भेटुवाल÷रासस

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौमा आयोजित चियापान समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष भट्टराईले पुराना दलहरुसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रुपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरुसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए । उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।

अध्यक्ष भट्टराईले भने, उहाँहरुलाई धेरैधेरै शुभकामना छ । राम्रो प्रगति गरिरहनु भएको छ । अझै प्रगति गर्नुस् । गर्नुपर्ने कुराहरु धेरै छन् । मेरो पूरै शुभकामना छ । खाली एउटै सुझाव मैले उहाँहरुलाई भन्ने पनि गरेको छु–अब पुराना दलहरुसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रुपमा लिनुपर्छ । र वैकल्पिक नयाँ शक्तिहरुसँगको सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिनका लागि स्ट्राटिजी बनाउनु पर्छ । यसरी सन्तुलन भयो भने ठिक हुन्छ । नत्र पुराना शक्तिहरुसँग बढी नै लसपस गर्न थालियो भने त्यसले स्ट्राटिजीमा नोक्सान गर्ने र हराउने खतरा हुन्छ भन्ने मेरो सुझाव छ ।

त्यस अवसरमा अध्यक्ष भट्टराईले रास्वपाको अझै प्रगति गर्दै जाओस् भनि शुभकामना पनि दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend