logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • गीत सङ्गीत जिवनको महत्वपूर्ण बिधा हो : मन्त्री तामाङ

    गीत सङ्गीत जिवनको महत्वपूर्ण बिधा हो : मन्त्री तामाङ

    572
    Shares
    गीत सङ्गीत जिवनको महत्वपूर्ण बिधा हो : मन्त्री तामाङ

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गीत सङ्गित जिवनको अभिन्न अङ्ग भएको बताएका छन् ।

    विश्व सङगीत दिवस समारोह २०८१ का अवसरमा नेपाल साङगीतिक संघले आज कमलादी स्थितस्काई टावरको टप भागमा आयोजना गरेको विशिष्ट कलासाधकहरुको सम्मान तथा साङगीतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कला, गीत, सङ्गित बिना जिवन अधुरो रहने बताए ।

    उनले भने, “विश्व सङगीत दिवस समारोह २०८१ कलाकारका लागि निकै महत्वपूर्ण दिन हो, म कलाकार त होइन तर म गीत सुन्छु, भनिन्छ पशु समेतले पनि गीत सङ्गीतबाट प्रभावित तुल्याउँछ, यो महत्वपूर्ण बिद्या हो ।”

    यसैगरी उनले गीत सङ्गीतबाट आफ्नो सम्पूर्ण जिवन अर्पण गर्नु हुने महानुभावलाई आफुले प्रमुख अतिथी भएर सम्मान गर्ने अवसर पाएकोमा आफु निकै खुशी भएको बताए ।

    उनले भने, “गीत सङ्गीतको महत्वपूर्ण बिधामा जिवन अर्पण गर्नु हुने कलाकारलाई सम्मान गर्न पाए यही मेरो खुशी हो, तपाईहरुको यो यात्रा सधै प्रगती तिर लम्कियोस् शुभकामना छ ।”

    उक्त कार्यक्रममा पत्तेमान राजभण्डारी राष्ट्रिय साङगीतिक सम्मान तथा पुरस्कारबाट वरिष्ठ गायक राजेशपाइल राई, शिवशंकर मानन्धर राष्ट्रिय साङगीतिक सम्मान तथा पुरस्कारबाट वरिष्ठ कलासाधक तथा सङ्गीतकार सिके रसाईली, प्रेमध्वज प्रधान राष्ट्रिय साङगीतिक सम्मान तथा पुरस्कारबाट प्रतिष्ठित गायिका मीरा राणा, पुष्प नेपाली राष्ट्रिय साङगीतिक सम्मान तथा पुरस्कारबाट प्रतिष्ठित गायक पपसम्राट ओमविक्रम विष्ट, रत्नशमशेर थापा राष्ट्रिय साङगीतिक सम्मान तथा पुरस्कारबाट प्रतिष्ठित गीत रचनाकार कालीप्रसाद रिजाल, शुभबहादुर सुनाम राष्ट्रिय साङगीतिक सम्मान तथा पुरस्कारबाट वरिष्ठ बाद्यबाधक देव रानालाई सम्मान गरिएको थियो ।

    यसैगरी राजेश–लक्ष्मी नृत्य गुरु विशिष्ट सम्मान तथा पुरस्कारबाट लोक नृत्य शिरोमणि भैरवबहादुर थापा, लालसमुन्द्र स्मृति राष्ट्रिय बहुप्रतिभा साङगीतिक सम्मान तथा पुरस्कारबाट वरिष्ठ गायक एवं विमान चालक विजय लामा, नेपाल साङ्गीतिक संघ राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कारबाट वरिष्ठ बाद्यबाधक तथा सङ्गीत संयोजक सुरेन्द्र श्रेष्ठ तथा साङगीतिक संघ राष्ट्रिय पत्रकारिता सम्मान तथा पुरस्कारबाट वरिष्ठ पत्रकार चन्द्रमणि गौतमलाई सम्मान गरिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend