logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आक्रामक बन्दै श्री एयरलाइन्स, थप्यो ८० सिटको जहाज

    आक्रामक बन्दै श्री एयरलाइन्स, थप्यो ८० सिटको जहाज

    1.2K
    Shares
    आक्रामक बन्दै श्री एयरलाइन्स, थप्यो ८० सिटको जहाज

    काठमाडौँ । श्री एयरलाइन्सले ८० सिट क्षमताको ‘ड्यास ८’ को एउटा जहाज थपेको छ । क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानाडामा निर्मित ८० सिट क्षमताका जहाज कल साइन नाइन एन–एओएम थपेको हो ।

    यसअघि संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कम ध्वनि अनुभूति दिने छन् ।

    जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली (५४०० साफ्ट हर्षपावर) भएको तथा क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निमिति पीडब्लूआई५० ए अत्यन्तै भरपर्दो रहेको कम्पनीको दाबी छ ।

    उक्त जहाजहरू श्री एयसलाइन्सका पाइलटहरुले संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसलैण्डको कैफलामिक, चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदैै करिब १० हजार चार सय माइलको दुरी करिब ३३ घन्टाको उडानपछि आज नेपाल भित्र्याइएको हो ।

    आज बिहान एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा जहाज अवतरण भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरू यथाशीघ्र पुरा गरी उक्त विमानहरूबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरूमा उडान थप गरी भरपर्दो सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ ।

    सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आरजे ७०० जेट विमानहरूबाट आन्तरिक उडान सेवा प्रदान गर्दै आएको कम्पनीले १० वटा जहाजबाट यात्रुहरुलाई सुविधा दिँदै आएको छ ।

    यो पनि :

    बजार विस्तारमा आक्रामक बन्दै श्री एयरलाइन्स, थप्यो दुई जहाज

    श्री एयरलाईन्सले गर्‍यो भरतपुर बिमानस्थलमा परीक्षण उडान 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend