logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले

    नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले

    875
    Shares
    नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् ।

    शनिवार ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो विषयक’रोतोपाटी प्ल्स टु कन्क्लेभका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्नेबारेमा सरकार स्तरमा छलफल चलिरहेको बताए ।

    उनले छ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा दिनसके नेपाल अध्ययन गर्ने गन्तव्यस्थलका रुपमा विकास हुने बताए । उनले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरु नेपाल भित्र्याउन सक्नुपर्ने बताए ।

    उनले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्ववद्यालय सबै मिल्न आवश्यक रहेको बताए । संसारमै नभएका कुराहरु रहेको भन्दै नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्वपूर्ण गन्तव्यस्थल बन्नसक्ने जिकिर गरे ।

    उनले भने, “विश्वव्यापी रुपमा भन्नेकुराहरु छ । मान्छेहरुलाई छ महिना भन्दा बढी कुनै मानिसले रिसर्च गर्छ भने त्यसलाई स्टुडेण्ट भिसाको रुपमा दिऔँ । स्टुडेण्ट भिसा दिनुपर्छ भनेर हामीले अहिले सरकारी स्तरमा छलफलहरु छ । त्यस हिसावमा मानिसले यहाँ पनि आउने गन्तव्य बनाउनु पर्याे ।

    अहिले सरकारको नीति कार्यक्रममा १५ लाख पर्यटन ल्याउने भनेको छ । त्यो १५ लाख पर्यटक मध्ये ५ लाख मान्छे स्टुडेण्ट ल्याऔँ न । त्यसको लागि कोशिस गरौँ न । हामी कहाँ के के गर्नुपर्छ ।

    सरकार, समुदाय, निजी संस्थाले केके गर्नुपर्छ त्यसको छलफल गरौँ । नेपाललाई गन्तव्यस्थल बनाएर आउँछ भने यहाँ अध्ययन गर्ने संसारमा नभएका कुरा छन् ।”

    सचिव काफ्लेले विश्वविद्यालयको शिक्षलाई सक्षमताको कसी र ग्लोवल इस्युमा हेर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend