logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ : प्रदीप पौडेल

    नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ : प्रदीप पौडेल

    455
    Shares
    नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ : प्रदीप पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने दाबी गरेका छन् ।

    शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको बताए । पौडेलले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभइ आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गरे ।

    उनले नयाँ आएको राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताए । पौडेलले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताए ।

    उनले भने, ‘नेपालको राजनीतिमा कांग्रेससँग कुनैपनि राजनीतिक दलको तुलना हुन सक्दैन । आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक छ ।

    नयाँ आएको पार्टी त आन्तरिक लोकतन्त्र विकसित गर्ने होइन, आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जस्तो देखिन्छ ।’

    सांसद पौडेलले नेपाली कांग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने समेत सो अवसरमा बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend