logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • निफ्राबाट बाहिरिँदै एनआइसी एसिया बैंक, १० लाख कित्ता सेयर बिक्रीमा

    निफ्राबाट बाहिरिँदै एनआइसी एसिया बैंक, १० लाख कित्ता सेयर बिक्रीमा

    2.8K
    Shares
    निफ्राबाट बाहिरिँदै एनआइसी एसिया बैंक, १० लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । एनआइसी एसिया बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बाट बाहिरिन लागेको छ ।

    एनआइसी एसियाले निफ्रामा रहेको आफ्नो संस्थापक सेय बेच्ने भएको हो । एनआइसी एसियाले संस्थापक सेयरको न्यूनतम १ सय १ रुपैयाँ तोकेको छ ।

    बैंकले निफ्रामा रहेको १० लाख कित्ता संस्थापक सेय बेच्न लागेको हो । बैंकले बोलकबोलबाट सेयर बिक्री गर्न लागेको छ ।

    निफ्राको सेयर बिक्रीको बोलपत्र पेश गर्ने समय सोमबारदेखि सुरु भई असार १७ गतेसम्म हुने बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडमा प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

    बैंकका संस्थापक, व्यक्ति, कम्पनी, संघ वा संस्थाहरुले निफ्राको सेयर किन्नका लागि बोलपत्र पेश गर्न सक्ने एनआईसी एसियाले जनाएको छ ।

    एनआइसी एसियाका अनुसार न्यूनतम १० हजार र अधिकतम् सबै खरिदका लागि आवेदन दिन सक्ने छ ।

    निफ्रामा एनआइसी एसियालगायत वाणिज्य बैंकहरुको २०.८९, पब्लिक र निजी कम्पनीको ५.१५, १० बिमा कम्पनीको १८.९७, १४ व्यक्तिगत कम्पनीको ४.९९, सरकारको १० र सर्वसाधारणको ४० प्रतिशत हिस्सा छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend