logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे प्रधानमन्त्रीसंग छलफल

    संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे प्रधानमन्त्रीसंग छलफल

    546
    Shares

    काठमाडौँ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

    बैठकमा मुख्य सचिव डा बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन् ।

    सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक र अनौपचारिक छलफल समेत गरिरहेका छन् ।

    कर्मचारीहरु सेवा सुविधा बृद्धिको माग गर्दै केही दिनदेखि आन्दोलित छन् । कर्मचारी आन्दोलित हुँदा संसद्को नियमति काममा प्रभाव पर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend