काठमाडौं । जारी टी २० विश्वकपको सुपर ८ मा अफगानिस्तानले अष्ट्रेलियामाथि सानदार जित हात पारेको छ । अष्ट्रेलियलाई २१ रनले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एकरएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो ।