logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

    जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

    483
    Shares
    जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    प्रदेश सभामा एक्ली सांसद रहेका अम्बिका काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

    यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

    उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend